प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो ।

शिक्षण अस्पतालमा करीब ४ घण्टा लगाएर गरिएको शल्यक्रिया तथा मिर्गौला प्रत्यारोपण सफल भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यसको औपचारिक जानकारी भने पत्रकार सम्मेलन गरेर दिने तयारी रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने एक युवतीले मिर्गौला दिएकी हुन् । उनको शल्यक्रिया पनि सफल भएको छ । प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । १२ वर्षअघि ओलीले पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।