कोरोना महामारी : ८० मुलुकमा संक्रमण, ३२ सय मृत्यु, ९२ हजार बढि संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । चीनमा सोमबार साँझ थप १ सय ७२ जनाको जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४५ पुगेको छ । ८० हजार १ सय ५३ जना संक्रमित भएका छन्

चीन बाहिर १३ वटा मुलुकमा २ सय २१७ जनाको मृत्यु भएको छ । अरु ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ । चीन बाहिर सबैभन्दा धेरै इटालीमा ७९ जनाको मृत्यु भएको छ । यस्तै इरानमा ७७ जना, दक्षिण कोरियामा ३४, अमेरिकामा ९ जना, जापानमा ६, फ्रान्समा ४, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स, ताइवान र स्पेनमा १/१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ। चीन बाहिर संक्रमणको संत्रास दक्षिणको कोरियामा कोरोनाबाट थप ४ जनाको संक्रमितको मृत्यु भएपछि मृतकको संख्या ३४ पुगेको छ । त्यहाँ ८ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ५१ सय ८६ पुगेको छ ।

कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ ।सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ ।

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । एकैदिन अरु २७ जना मृतकको संख्या थपिएपछि ज्यान गुमाउनेको संख्या ७९ पुगेको हो । यसअघि इटालीमा ५२ जनाले ज्यान गुमाएका थिए ।

४ सय ६६ जना नयाँ कोरोनाका संक्रमित थपिएपछि बिरामीको संख्या २५ सय २ पुगेको छ । इरानमा ७७ जनाको कोरोनाबाट मृत्यु हुँदा संक्रमितको संख्या २३ सय ३६ पुगेको छ । एकैदिन अरु ८ सय ३५ जनामा संक्रमण देखिएको छ। इरानमा २३ जना सांसदमा समेत कोरोनाको संक्रमण देखिएको बताइएको छ । जापानमा ६ जनाको मृत्यु भएको छ भने ३ सय १९ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा थप १ जनाको मृत्यु भएपछि अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जनाको मृत्यु भएको छ भने २ सय ३३ जनामा संक्रमण देखिएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् । स्पेनमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपाल भ्रमण गरेर फर्किएकी एक ६९ बर्षीया महिला छन् । स्पेनमा संक्रमित हुनेको संख्या २ सय १० छ ।

जर्मनीमा कोरोना संक्रमितको संख्या २ सय ३१ पुगेको छ । यसअघि यहाँ १ सय ९६ जनामा संक्रमण देखिएको थियो । त्यहाँ ३१ जना कोरोनाका बिरामी थपिएको जर्मनीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अमेरिका–कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा सोमबार थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो ।

अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय ३६ पुगेको छ । विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ४५ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । यसैसाता कतार, साउदी अरव, इक्वेडर लक्जेबर्ग आइरल्याण्ड, स्पेन लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो ।