अमेरिकाको टेनिसीमा आएको बिनाशकारी तूफानबाट २५ जनाको मृत्यु

काठमाडौं , अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ ।

टेनिसीमा सोमबार मध्य रातमा दुईटा बिनाशकारी तूफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कयौं मानिस घाइते भएको सीएनएनले जनाएको छ । नाशभिलबाट ८० माइल पूर्वमा रहेको पट्नम काउन्टीमा सबैभन्दा बढि क्षति भएको छ । मृत्यु हुने मध्ये १९ जना सोही काउन्टीका हुन् ।

त्यहाँ अहिलदे पनि उद्धार तथा राहत जारी छ । झण्डै ४४ हजार मानिस विद्युत सेवा बिच्छेद भएको छ । आँधीले जनधनको क्षति गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेनिसीको भ्रमण गर्ने तयारी गरेका छन्।