अज्ञात रोगका कारण डोल्पामा ४० जना बिरामी
प्रकासित मिति : २०७६ फाल्गुन २०, मंगलवार १८:५५
प्रकासित समय : १८:५५
डोल्पा,डोल्पामा अज्ञात रोगका कारण ४० जना बिरामी परेका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडामा एक सातादेखि फैलिएको सिजनल फ्लु बताइने अज्ञात रोगका कारण ४० जना भन्दा बढी बिरामी परेका हुन् । बिरामीको उपचारका लागि औषधि र चिकित्सक बोकेर काठमाडौंबाट हेलिकप्टर मंगलबार डोल्पा गएको छ ।
कर्णाली प्रदेशका मन्त्रीहरूले औषधिसहित चिकित्सक पठाउन माग गरेपछि काठमाडौंबाट चिकित्सकसहितको टोली डोल्पा पुगेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए। ४५ घरधुरी रहेको करेलीकाँडामा घरैपिच्छे बिरामी रहेका छन्।

