अमेरिकामा कोरोना कारण दोस्रो व्यक्तिको मृत्यु

अमेरिका–कोरोना भाइरसका कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । स्थानीय समाचार अनुसार शनिवार राति उनको निधन भएको हो ।

स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टीमा शनिबार एक जनाको मृत्यु भएको हो । किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका बिरामी ७० वर्षीय पुरुष रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

यसअघि शनिबार नै वासिंगटनमा एक जनाको मृत्यु भएको थियो । कोभिड–१९ का कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ र अमेरिकी नागरिकको संख्या ३ पुगेको छ । यसअघि चीनको वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो । आइतवार रातिसम्ममा अमेरिकामा कोरोना भाइरस संक्रमणको ८८ केस प्राप्त भएको थियो ।