म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप ५ जना मारिए

यंगून, म्यान्मारको रखायन राज्यमा सुरक्षाकर्मी र अल्पसंख्यक मुसलमा रोहिंग्या जातीय समुदायका लडाकुबीच भएको झडपका क्रममा ५ जनाको ज्यान गएको छ ।

रखायन राज्यको म्राउक यू शहरमा त्यस क्षेत्रमा सक्रिय रोहिंग्या विद्रोही समूह अराकान आर्मीका केही लडाकुले सैनिक गाडीमा आक्रमण गरेपछि सुरक्षाकर्मी र विद्रोहीबीच भीडन्त भएको जनाइएको छ ।

भीडन्तका क्रममा ५ रोहिंग्याको ज्यान गएको र अरु धेरै घाइते भएको स्थानीय सांसदलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । मारिने सबै सर्वसाधारण छन् ।

निकै दुर्गम रहेको क्षेत्रमा पत्रकारलाई जान अनुमति नभएका कारण घटनाबारे विस्तृत विवरण आउन नसकेको रोयटर्सले जनाएको छ ।