प्रतिबन्धको बिचमा पनि अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ज्ञापन पत्र

जाजरकोट, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले ज्ञापनपत्र बुझाएको छ ।जाजरकोटमा रहेका दुई वटा क्याम्पसहरुलाई विभिन्न चुनौतिको बिचमा शैक्षिक सुधार, स्ववियु चुनाब र क्याम्पसमा भएका बिभिन्न अनियमिताको बिषयलाई लिएर चार बुदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

संगठनका जिल्ला अध्यक्ष बिजय शाहीले जिल्ला भित्र रहेका त्रिभुवन विश्वविद्यालयबाट संचालित नलगाड बहुमुखी क्याम्पस दल्ली, र जनज्ञानकुञ्ज क्याम्पस दशेरामा शैक्षिक अनियमियता, आर्थिक अराजकता, स्ववियु बिहिन लगाएत विभिन्न समस्याहरु भएका कारण यी यावत सबै बिषयलाई लिएर हाम्रो संगठनले चार बुदे माग सहित ज्ञापन पत्र बुझाएको बताए ।
साथै ज्ञापनपत्रमा उल्लेखित चार बुदे माग पत्रको सुनुवाई नभए कडा संघर्शबाट यसको जवाफ दिने पनि अध्यक्ष शाहीले जानकारी दिए ।

यस्तो छ विज्ञप्ति