सानिमा लाईफ इन्सोरेन्सले दियो अभिकर्ताहरुलाई एक दिने प्रशिक्षण

नेपालगन्ज,बाँके सानिमा लाईफइन्सोरेन्स नेपालगन्ज शाखाले आफना अभिकर्ताहरुलाई एक दिने प्रशिक्षण दिएको छ । शनिबार करिब १ सय भन्दा बढि अभिकर्ताहरुलाई पसर्नताजगीका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीका चिफ मेनेजर गणेश चौलागाईले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । उनले नेपालमा सानीमा लाईफ इन्सोरेन्सको महत्व र बर्तमान बिमा कम्पनीहरुको अबस्थाका बारेमा समेत जानकारी गराएका थिए ।

साथै बाँकेमा हरेक घरमा बिमा सेवा तथा जनचेतना अभिबृद्भि गराउने अभियानमा कम्पनी लागि परेकाे बताएका थिए । चौलागाईले बिमाले आम जनजिवनमा पुर्याउने योगदानका बारेमा चर्चा परिचर्चा समेत गरेका थिए ।

शाखा प्रमुख मेघराज बिके समन्वय गरेको कार्यक्रममा प्रदेश नं ५ का क्षेत्रिय प्रबन्धक जयदेब गौतमको बिशेष उपस्थीती रहेको थियो ।