विप्लवका कार्यकर्ता पक्राउ प्रकरण : अदालतले बोलायो आइजिपी सहित ४ प्रहरी अधिकारी

काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखेको उजुरी परेपछि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।न्यायाधिश इश्वर प्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले यस्तो आदेश गरेको हो । नेकपाका कार्यकर्ता भीमप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी र हरिचन्द्र खड्काले अदालतको अवहेलना भएको र आफूहरूलाई गैरन्यायीक थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

फागुन ५ गते बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश गर्दै अदालतले रिहा गर्न आदेश गरेको थियो । तर, सोही दिन प्रहरीले उनीहरूलाई अदालतको गेटबाटै पक्राउ गरेको थियो । शुक्रबार भएको आदेशमा तत्काल उनीहरूलाई रिहा गर्न पनि भनिएको छ । 

यस्तो छ अदालतको आदेश