रेल दुर्घटना हुँदा पाकिस्तानमा ३० जनाको मृत्यु

इस्लामावाद, पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको पाकिस्तानी अधिकारीले जनाएका छन् । पाकिस्तानको दक्षिणी शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले सुक्कुर जिल्लाको रोहरी क्षेत्रनजिकैको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको संख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।