पोर्चुगल हिडेका तीन नेपालीमा कोरोनाको लक्ष्यण

काठमाडौं , इटालीबाट फ्रान्स हुँदै पोर्चुगल हिडेका ३ नेपालीमा कोरोना भाइरसको लक्षण देखिएको छ ।

कोरोनाको लक्ष्यण देखिएपछि उनिहरुलाई फ्रान्समै रोकेर क्वारेन्टाइनका लागि परिक्षण शुरु गरिएको छ।अस्पतालमा गरिएको प्रारम्भिक परिक्षण रिपोर्टमा उनीहरुमा भाइरस पुष्टि भएको छैन ।

 यद्यपी पूरा रिपोर्टपछि मात्रै कोरोना हो या हैन भन्ने थाहा हुने फ्रान्सेली स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्नै त्यहाँको प्रहरीले जनाएको छ ।

इटाली बाट अवैध तरिकाले फ्रान्सको पेर्पिग्न्यों शहर प्रवेश गरेका ३ जना नेपालीहरुको अहिलेसम्म परिचय खुलाईएको छैन ।