कतारमा पनि देखियो कोरोना भाइरस

दोहा– मध्यपूर्वी मुलुक कतारमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसले आक्रान्त पारेको अर्को मध्यपूर्वी मुलुक इरानबाट फर्काइएका व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कतारको स्वास्थ्यमन्त्रालयलाई उद्धृत गर्दै कतारको समाचार संस्था क्यूएनएले जनाएअनुसार ३६ वर्षे संक्रमितको स्थीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । इरानबाट आपतकालीन उद्धार गरी स्वदेश फर्काएर क्वारेन्टाइनमा राखिएका व्यक्तिमा यसको संक्रमण देखा परेको जनाइएको छ ।

शुक्रबारमात्र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको प्रकोप बढ्दै गएको जनाएको थियो । हालसम्म विश्वभर कोरोनाभाइरसबाट २८ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने विश्वभर हजारौं संक्रमित छन् ।कतारमा करिब ५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् ।