बाँकेमा जनप्रतिनिधि र तस्करहरुको मिलेमतोमा तस्करी बढेको भन्दै विप्लव नेकपाको चेतावनी

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनप्रतिनिधि र तस्करहरुको मिलेमोमा तस्करी बढेको भन्दै चेतावनी दिएको छ ।बिहीबार बाँके जिल्ला सेक्रेटरी सुनिल सिँहले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा वताएका हुन् ।

जिल्ला सेक्रेटरी सुनिल सिँहद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’विगत केही समय देखि यस जिल्लामा स्थानिय जनप्रतिनिधिहरु र तस्करहरुको मिलेमतोमा प्राकृतिक असन्तुलन पैदा हुने गरि भएको प्राकृतिक स्रोतहरु- बालुवा, गिट्टी, ढुङ्गा, माटोको चरम दोहन र तस्करी एवंम वैज्ञानिक वनको नाममा तिब्र रुख कटानी साथै सुदखोर वित्तीय संस्था र मिटर ब्याजिहरुले ॠण लगानी गर्ने नाममा आम जनताको चरम आर्थिक शोषण गर्दै ॠणीहरुको घरपरिवार तहसनहस, श्रीमान- श्रीमतीको सम्बन्ध विच्छेद, आत्महत्या सम्मको घटनाहरु देखिन थालेका छन ।’

साथै, यसरी मुट्ठी भरका व्यक्तिहरुले रातारात अरबपती हुने स्वार्थमा प्राकृतिक सम्पदा माथी भएको चरम दोहन र तस्करीले पर्यावरणमा असन्तुलन पैदा भई निकट भविष्यमा प्राणी जगतको अस्तित्व नै संकटमा पार्ने दुष्कार्य साथै वित्तीय संस्थाहरु र मिटरब्याजीहरुले २ प्रतिशत ब्याजमा ठुला बैंकबाट ॠण निकाली २५ प्रतिशत सम्म ब्याज थोपरी आम जनता माथि भएको चरम आर्थिक शोषणले उत्पन्न गरेको विकराल समस्याप्रति हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि लेखिएको छ ‘माथी उल्लेखित घटनाहरुले मानवजाती एवंम प्राणीजगतको अस्तित्व खतरामा पर्दै जाने, आम ॠणीहरुको जीवन धाराशायी पर्दै गएको हुनाले तत्काल उक्तकार्यहरु नरोकिए हाम्रो पार्टी जनआकाङ्क्षा, जनताको न्याय, सामाजिक न्याय, प्राकृतिक सम्पदाको रक्षाको निम्ति जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने कुराको सरोकारवाला निकायहरुलाई जानकारी गराउँदै यो वक्तव्य जारी गर्दछ ।’

यस्तो छ विज्ञप्ति