यस्तो बन्यो डोल्पाको मुडकेचुलामा तिस लाखको मन्दिर !

मन्दिरको योजना प्रदेश सरकारको हो – अध्यक्ष शाही

दुनै, डोल्पाको मुडकेचुला गाउँपालिकामा मन्दिरको नाममा छुटयाइएको बजेटमा हिनामिना गरेको पाइएको छ । मुडकेचुलाको वडा नं ६  मा मन्दिरको नाममा झारा टार्ने काम गरेको पाइएको हो ।

प्रदेश सरकारकाे आयोजनामा कालिका र नर्कुको सिमाना वडा नं ५ र ६ मा पर्ने भु-भागमा उपभोक्ता समिति मार्फत ३० लाखको बजेटमा मन्दिर बन्यो तर मन्दिर बजेट अनुसारको बन्न सकेको भने छैन । 

स्थानीयले मन्दिरकाे नाममा बजेट हिनाबिना गरेको आरोप लगाएका छन । बजेट अनुसार मन्दिर नबनेको उनिहरुले गुनाशो समेत गरेका छन । स्थानीय नबराज शाहीले त फेसबुकमा यहि हो ३० लाखको मन्दिर भनेर ब्यङग्य समेत गरेका छन । यो बिषयमा गाउँपालिका अध्यक्ष दत्त शाहीसंग प्रतिक्रिया लिन खाेज्दा उनले दिएका छैनन  ।

मन्दिरको योजना प्रदेश सरकारको हो – अध्यक्ष शाही

मुडकेचुला गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले मन्दिरको योजनामा आफनो गाउँपालिका जिम्मेबार नरेहेको बताए छन । उनलेृ प्रदेश सरकारको बजेट भएकोले कसरी पर्यो कुन आधारमा पर्यो यसका बारेमा आफु जानकार नभएको बताए ।

कुसे न्युजसंगको कुरकानीमा अध्यक्ष शाहीले प्रदेश सरकार अन्तर्गतको योजना भएकोले गाउँपालिकाले केहि गर्न नसक्ने जिकिर गरे । अध्यक्ष शाहीले पालिका मुकदर्शक बन्नुको बिकल्प नरहेको समेत बताए ।

प्रदेश सरकारले पालिकासंग समन्वय नगरेर हस्तक्षप गरेका कारण यस्तो अबस्था आएको उनको भनाइृ छ । अबका कामहरुमा संघ र प्रदेश सरकारले स्थानीय निकायसंग समन्वय गरेर बिकासे काममा जोडिनु पर्ने अध्यक्ष शाही तर्क छ ।

यस्तो छ स्थानीय नबराज शाहीले पोस्ट गरेको तस्वीर