यस्तो बन्यो पचालझरनासम्मा पुग्ने रेलिङ बाटो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको ३८१ मिटर उचाईको पचाल झरनासम्मा पुग्न रेलिङ सहितको बाटो तयार भएको छ ।

दक्षिण एशियाकै अग्लो झरनाका रुपमा रहेको झरनामा पर्यटकहरुलाई पुग्नाका लागि सहज बनाउन रेलिङसहितकाे बाटाे तयार गरिएको वडा अध्यक्ष लोकजंग कठायतले जानकारी दिए ।

३ सय मिटर लामो रेलिङ पुगेल्नीमाई पचालझरना बहुउदेश्य सहकारी संस्थाले कुल २५ लाख बजेटमा निमार्ण गरेका बताइएको छ । कठायतका अनुसार पर्यटकहरुलाई आवतजावत गर्न सहज होस भनि गाउँपालिको योजनमा रेलिङ तयार गरिएको हो । यससंगै अब पचालझरना पुग्न सहज हुने बताइएकाे छ । यसअघि पर्यटकको सहजताका लागि पचालझरना नजिक रहेको खार्दुमा होमस्टेको समेत निमार्ण गरिसकेको छ । 

कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचालझरना देशका सय पर्यटकीय गन्तव्यमध्ये ६४ औं नम्बरमा पर्दछ । सदरमुकाम मान्माबाट करिब ४९ किलोमिटरको दूरीमा रहेको यो ठाउँ पुग्न पर्यटन मन्त्रालयले देश भरका १०० पर्यटकिय गन्तव्य मध्य एक हाे । 

यस्को वास्तबिक उचाई पत्ता लागेसंगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ । यसको चर्चा बढेसंगै झरना हेर्न आउने पर्यटकको संख्या दिन प्रतिदिन बढदो छ ।