घट्यो सुनको मूल्य

काठमाडौं : सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य मंगलबार तुलनामा बुधबार ५ सय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला ८० हजार भएको थियो। तर, बुधबार ७९ हजार ५ सयमा कारोबार भएको छ।

त्यस्तै, बुधबार तेजावी सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला ९ सय ५ रूपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने बुधबार २० रूपैयाँले घटेको हो।