अखिल क्रान्तिकारीद्धारा शैक्षिक हडतालको आह्वान

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले शैक्षिक हडतालको आह्वान गरेको छ ।

मंगलबार संगठनका बाँके जिल्ला अध्यक्ष डि.बि.शाहीले एक विज्ञप्ति जारी गर्दै संगठनको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा बुधबार शैक्षिक हडतालको आव्वहान गरिएको वताएका छन् ।

अध्यक्ष शाहीद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’इतिहासको गौरबशाली बिरासत बोकेको हाम्रो संगठन बिगत लामो समय देखी निरन्तर र अबिचलित रुपमा बिद्यार्थीहरुको हक र अधिकारको साथै गुणस्तरीय, ब्याबहारिक, सर्भशुलभ, र निशुल्क शिक्षा सहितको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको अभियानमा संघर्षरत छ । यसको साथै शिक्षा क्षेत्रमा देखिएको व्यापारिकण, निजिकरण, दलालिकरण, भ्रष्टिकरण र माफियाकरणका साथै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा निरन्तर संघर्षरत रहेको कुरा जगजाहेर नै छ ।

त्ययसैगरी, विज्ञप्तिमा अघाडी लेखिएको छ, ‘देशमा यतिबेला केपि-बादल कम्पनीको फासीवादी सत्ता चलिरहेको छ । यिनिहरुले राणा, राजा र पन्चेहरु लाई उछिन्दै मानव अधिकार र नागरिकहरुको मौलिक हकका सम्पुर्ण मुल्य मान्यताहरु लाई बुट मुनि कुल्चिदै हाम्रो सङ्गठनका केन्द्रिय अध्यक्ष क। चिरञ्जीवी ढकाल र केन्द्रिय कोषाध्यक्ष क। नरेन्द्र विश्वकर्मा लागायत विभिन्न जिल्लाहरुमा हाम्रो सङ्गठनका विद्यार्थी नेताहरु लाई गिरफ्तार गरी झुठो मुद्दा लगाएर हिरासतमा राखिएको छ । दलाल राज्यको श्वेत आतंकको प्रतिरोध स्वरुप र कमरेडहरुको स-सम्मान रिहाईका लागी केन्द्रिय कार्यक्रम अनुसार यही फागुन १४ गते देशव्यापी शैक्षिक हडतालको कार्यक्रम रहेको हुँदा सो कार्यक्रम अनुरुप बाँके जिल्लामा रहेका सामुदायिक, निजी तथा प्राविधिक शिक्षण संस्था र कलेजहरु बन्द गरी सहयोग गरिदिन हुन सबैमा अनुरोध गर्दछौं साथै भ्रष्टाचारीहरुका नाईके केपि-बादल कम्पनीको दमन, धरपकड र फासीवादी चरित्रका विरुद्धमा सशक्त रुपमा उभिन सम्पुर्ण न्यायप्रेमी विद्यार्थी मित्रहरू र आम सबैमा हार्दिक अपिल गर्दछौ ।’

केही दिन अघि संगठनका केन्द्रीय अध्यक्ष चिरन्जिवी ढकल, केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिश्वकर्मा लगायत देशै भरका सयौको संख्यामा बिद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेर बिभिन्न मुद्दा चलाई हिरासतमा छन् ।

सरकारले करिब एक बर्ष पहिले विप्लव नेतृत्वको पार्टीमाथी धङ्सात्मक समुह भन्दै प्रतिबन्ध लगायको थियो । त्यसयता पार्टीका केन्द्रिय स्तरका र जिल्ला स्तरका नेतादेखी जबसका करिब १५ सय जना हिरासतमा छन् । यसैको पार्टी निकटको भातृ संगठन भएकै कारण सरकारले अखिल (क्रान्तिकारी) माथि पनि अघोसित प्रतिबन्ध लगाएको छ ।

यस्तो छ विज्ञप्ती