सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्रलाई

काठमाडौं, मछिन्द्र क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि उचालेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको हो ।

मछिन्द्रको जित ए डिभिजन लिगको अन्तिमतिर क्लबमा आवद्ध भएका विमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गोल गरेका हुन् ।

उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ । उपविजेता थ्री स्टारले ३ लाख प्राप्त गर्यो । फागुन ३ गतेसम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्रले ८ दिनपछि दोस्रो उपाधि हात पारेको हो ।