ओली र विप्लवको ‘बर्थ डे ‘ एकै दिन !

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको आज जन्मदिन परेको छ ।

प्रधानमन्त्री ओलीे ६९ वर्षमा प्रवेश गरेका छन् भने ५२ वर्षमा प्रवेश गरेका छन् । प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव ‘विप्लव’ को आज जन्मदिन परेपछि सामाजिक सञ्जालमा उनले बधाइ एवं शुभकामना पाइरहेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ को जन्म रोल्पाको केवरीस्थित मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा भएको थियो । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् । सरकारले विप्लव नेतृत्वको दललाई विप्लव समूह भन्दै प्रतिवन्धित गरेपछि उनी पछिल्लो समय भूमिगत रहेका छन् ।

यस्तै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन पनि आजै परेको छ ।
ओलीले आज ६९ औं जन्मदिन मनाइरहेका छन् । ओलीले विहान बालुवाटारमा जन्मदिन मनाएका छन् भने उनी आजै आफ्नो जन्मथलो तेह्रथुम आठराई जाँदैछन् ।

प्रधानमन्त्री जन्मदिन मनाउन आठराई आउने भएपछि गाउँपालिकाले सार्वजनिक विदा नै दिएको छ । ओलीले आठराई पुगेर बाटोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।