जनचहाना अनुरुप नै अगाडि बढिरहेको छुः मेयर थारु (भिडियो सहित)
नेपालगन्ज, बर्दिया बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु कबिरले आफुले निर्वाचनका बेला जारी गरेको घोषणपत्र अनुसार ६० प्रतिशत काम गरिसकेको दावी गरेका छन ।
उनले जनतालाई प्रत्याभुति हुनेगरी काम गरिरहेको बताएका हुन । कुसे अनलाइन टेलिभिजनसंग कुराकानी गर्दै थारुले भौतिक पुर्वाधारका कामहरुलाई बर्गिकरण गरेर जनचाहाना अनुरुप गरेको बताए ।
उनले बारबर्दियाका बिभिन्न क्षेत्रलाई बर्गिकरण गरेर कामको शुभारम्भ गरेको बताए । उनले थारु समुदायमा बंशानुगत समास्याका रुपमा रहेको सिकलसेल एमिनियालाई निर्मुल गर्न पाठयक्रममा समेत समाबेश गरेको जानकारी दिए ।
सिकलसेल एउटा बंशाणुगत रुपमा सर्ने रोग भएको र थारु जातिहरुमा स्वास्थ्य समस्याको जडको रुपमा रहेको यो रोगलाई जनचेतना मार्फत निर्मुल गर्ने अभियानमा नगरपालिका रहेको बताए ।
बारबर्दियामा कृषि,शिक्षा,स्वास्थ्य,पर्यटनलाई समग्र बिकासको ऐनाको रुपमा अगाडि बढाएको थारुको भनाई रहेको छ ।
कुसे टिभीले गरेको कुराकानी
Related Posts
-
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ
काठमाडौँ, कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । -
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
सुर्खेत , कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज

