कारागारमा कैद भुक्तान गरिरहेका एक युवक मृत भेटिए

अछाम, अछाल जिल्ला कारागारमा एक व्यक्ति मृत भेटिएका छन् ।जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका पञ्चदेवल-विनायक नगरपालिका वडा न ६ तोलिका ४२ बर्षिय जितेन्द्र बिकको सुतेको अवस्थामा मृत भेटिएका हुन् ।

विक २०६६ भाद्र महिनामा कर्तव्य मुद्धामा जेल चलान भएका थिए । उनलाई जेलमुक्त गराउन सिफारीस भैरहेका बेला उनी मँगलबार बिहान मुत अवस्थामा भेटीएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतिले बताए ।