बागेश्वरी क्याम्पसले बुझायो प्रचण्डलाई ज्ञापनपत्र

कोहलपुर, बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसले पुर्ब प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ ।मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक समेत रहेको वागेश्वरी बहुमुखी क्याम्पस प्रमुख शिशिर कुमार शर्माले अध्यक्ष प्रचण्ड समक्ष तिन बुदे ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

मध्यपश्चिम विश्वविद्यालय उपकुलपती विहिन हुदा शैक्षिक प्रणालीनै समस्यामा परेकोले दक्ष र प्रागिक व्यक्तिलाई नियुक्ति गरी समस्या समाधान गर्नुपर्ने, मध्यपश्चिम विश्वविद्यालयलाई संघिय विश्वविद्यालय अन्तर्गत रहने गरी पहल गर्नुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाईएको छ ।

मध्यपश्चिम विश्वविद्यालयलाई संघिय विश्वविद्यालय अन्तर्गत नै रहने गरी पहल गर्नुपर्ने, विश्वविद्यालय उपकुलपती विहिन हुदा शैक्षिक प्रणालीनै समस्यामा परेकोले दक्ष र प्रागिक व्यक्तिलाई नियुक्ति गरी समस्या समाधान गर्नुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाईएको छ ।

यस्तो छ ज्ञापनपत्र