विप्लवका बाँके जनसरकार प्रमुख शाही रिहा लगत्तै पुन:पक्राउ

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण बहादुर शाही धरौटीमा रिहा हुने बित्तिकै पक्राउ पुन:पक्राउ परेका छन् ।जिल्ला प्रशासन कार्यालय बाँकेबाट ५ हजार धरौटी तिरेर रिहा हुने बित्तिकै प्रहरीले पुन: पक्राउ गरेको हो ।

फागुन २ गते प्रमुख जिल्ला अधिकारी कृ्ष्ण बहादुर खडकाको रोहवरमा रिहा भएका शाहीलाई परिवारको सम्पर्कमा जानै नदिई सादा पोसाकमा रहेका प्रहरीले कार्यालय परिसरवाटै पुन:गिरफ्तार गरेका हुन् । उनलाई प्रकाउ गरेर सुर्खेत पठाई अभद्र व्यावहारको मुद्धा लगाईएको प्रहरीले जनाएको छ ।

शाही यस अघि पनि पटक-पटक गरेर करिव ८ महिनाको हिरासत वसाईवाट पछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।