बिप्लव नेकपा जाजरकोटले यसरी मनायो २५ औँ जनयुद्ध

जाजरकाेट, बिप्लव नेकपा जाजरकोटले यसरी मनायो २५ औँ जनयुद्ध दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । नलगाड नगरपािलको हल्चौरमा भेरीकर्णाली स्वयत्त प्रदेश, जिल्ला जनपरिषद जाजरकोटका प्रमुख महानको प्रमुख आतिथ्यतामा आमसभा गरी मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महानले गाउँगाउँ र सहर सबैतिरबाट एकैचोटि दलाल, भ्रष्टाचारि, घुषखोर, माफिया र तस्करको विरुद्धमा संघर्ष गर्ने उद्घोष गरेका थिए ।

उनले जनयुद्धका सपना पुरा गर्ने तर्फ आफनो अभियान जारी रहेको भन्दै आम जनतलाई साथ दिन अनुरोध समेत गरेका थिए । ध्रबिन्द्र बिककाे संचालनमा भएकाे कार्यक्रमकाे सभाध्यक्ष लालबहादुर शाही हिमालले गरेका थिए ।    त्यस्तै कार्यक्रममा बिभिन्न मोर्चाका नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।