इ-सेवाबाटै प्रिमियम तिर्न सकिने

काठमाडौं ,नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ।

अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ।

यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ। यो सेवाबाट नेपाल लाइफका २७ लाख भन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित विश्वास कम्पनीको छ। नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोनपे प्रालिका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको छ, अबदेखि बीमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ।’