जनता रुवायर धर्म र साँस्कृतिको संरक्षण हुन सक्दैनः अध्यक्ष चौधरी

नेपालगन्ज,बाँके गूठी संस्थानका अध्यक्ष निनराज चौधरीले जनतालाइ रुवायर साँस्कृतिको संरक्षण हुन नसक्ने बताएका छन । करमोहना गुठि संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले जनताको आसुमा साँस्कृतिको संरक्षण हुन नसक्ने भन्दै सरकारले पुर्नबिचार गर्नुपर्ने  बताएका हुन ।

उनले ४६ साल अगाडिबाट उपभोग गर्दै आएको जस्तोसुकै जमिन उसको स्वामित्वमा हुने दावी गरे । खाने देउतालाइ भोको राखेर नखाने देउतालाइ दिनु गलत नजिर रहेको उनको भनाइ थियो ।  अध्यक्ष चौधरीले देशभर यस्ता समास्या भएको हुदा यो बाँकेमा मात्रै आन्दोलन चर्कायर नुहने समेत जिकिर गरे ।

त्यस्तै कर्मोहना गूठी संघहर्ष समितिका अध्यक्ष तुलाराम कुर्मीले बिचौलियाहरूको जालोमा पसेर सरकारले जनताको डाढ सेकाएको बताए ।   माग पुरा नहुदासम्मा जस्तोसुकै आन्दोलन गर्न आफुहरु पछि नपर्ने उनको भनाइ थियो  ।