घट्यो प्याजको मूल्य,

काठमाडौं– नेपाली बजारमा प्याजको मूल्य घटेको छ । कुनै बेला बजारमा प्याजको प्रतिकिलो मूल्य २ सय ५० हाराहारीमा रहेको थियो । तर बजारमा प्याजको मूल्यमा ह्वात्तै कमी आई प्रतिकेजी १ सय रुपैयाँ भन्दा तल झरेको व्यवसायीहरुले बताएका छन् ।

कालिमाटी तरकारी तथा फलफूल बजारका अनुसार बजारका अनुसार साताको शुरु बाट प्याज ९० रुपैयाँदेखि १ सय रुपैयाँसम्म कारोवार भइरहेको छ । साथै प्याजको तरकारी बजारमा प्याजको थोक मूल्य ७२ रुपैयाँदेखी ७५ रुपैयाँसम्म रहेको जनाएको छ । धेरै वस्तुहरुमा नेपाली बजार भारतीय बजारमा निर्भर रहने गर्दछ । तथ्यांकअनुसार नेपालमा उपभोग गरिने लगभग ९० प्रतिशत हाराहारीमा प्याज भारतबाट आयात गर्ने गरिएको छ ।

तर भारतबाट आउने प्याजको आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको थियो । भारतको प्रतिबन्धका कारण छिमेकी राष्ट्र चीनबाट प्याजको आयात हुन थालेको थियो, तर प्याजको मूल्यमा भने कुनै परिवर्तन आएको थिएन । बजारमा नयाँ प्याज आउन थालेसँगै मूल्यमा कमि आएको व्यावसायीहरुले बताएका छन् । साथै भारतीय बजारबाट पनि प्याजको आयातमा केही मात्रामा सहज आयात हुन थालेकाले पनि प्याजको मूल्यमा कमि आएको हो ।