जनयुद्ध दिवसको अबसर पारेर पचालझरनामा बृहत स्वास्थ्य शिबिर

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा २५ औँ जनयुद्व दिवसको  अबसर पारेर निशुल्क बृहत स्वास्थ्य शिबिर हुने भएको छ । पचालझरना गाउँपालिकाको आयेजनामा  जारकोटमा ३ दिने बृहत स्वास्थ्य शिविर आयोजना  हुने भएको हो । 

अपाङग परिचयपत्र वितरणको लागि पचालझरना गाउँपालिकाको कार्यालय जारकोटको आयोजनामा फाल्गुन १ देखि ३ गतेसम्म बृहत शिविर  आयोजना गरिएको प्रबक्ता अरुण रोकायाले बताएका छन । 

रोकायका अनुसार शिबिरमा कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एमबिबिएस डाक्टरहरुद्वारा स्वास्थ्य चेकजाँच हुनेछ । फाल्गुन १ गते २५ औँ जनयुद्व दिवसको अवसरमा अपाङग परिचयपत्र वितरणको लागि उक्त बिविर आयोजना गरिएको रोकायाको भनाई छ ।