जनयुद्ध दिवस मनाउदै अनेरास्ववियु कालिकोट

कालिकाेट, अनेरास्ववियू कालिकोटले २५ औं जनयुद्ध दिवस भव्यरूपमा मनाउने भएको छ । अनेरास्ववियू कालिकोटले जनयुद्ध सुरु गरेको दिनको स्मरण गर्दै दिवस मनाउँने निर्णय गरेको हो ।

२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा अनेरास्ववियू कालिकोटले जनयुद्ध दिवस मनाउने निर्णय गरेको अनेरास्ववियूका केन्द्रीय सदस्य भिम प्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली,बेपत्ता योद्धाहरुको स–सम्मान संस्मरण,साथै जनयुद्धमा घाइते अपाङ्ग बनेका सम्पूर्ण योद्धाहरुप्रति पनि सम्मान गर्न उक्त दिवस मनाउन लागेको बताइएको छ ।

आचार्यले भने हामी वीर सहिद तथा बेपत्ता योद्धाहरुका परिवारजनहरुप्रति पनि सम्मान तथा अभिनन्दन गरेर जनयुद्ध दिवस मनाउन लागेक छौँ । साथै उक्त दिनमा चियापान दिप प्रजोलन लगाएतका कार्यक्रम गरि जनयुद्ध दिवस भव्यरूपमा मनाउन सबैलाइ अपिल समेत गरिएको छ ।