नेपालगञ्जमा एक युवकको शवं फेला

भेटियो हेलमेट बिनाको मोटरसाइकल पनि

नेपालगन्ज, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ मा एक युवकको शवं फेला परेको छ । नेपालगञ्ज २२ पुरैनीका २२ वर्षिय मनोज पासीको शवं नेपालगञ्ज बसपार्क नजिकै हुलाकी राजमार्ग छेउमा भेटिएको हो । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२, पुरैनीका बिहारीलाल पासीका छोरा २२ बर्षिय मनोज पासी आईतबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६, हुलाकी सडकको छेउमा रहेको पानीको नालामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले बताए ।

मृतक पासी सडकको छेउमा रहेको नालामा डुबेको अवस्थामा फेला परेको र मृतकको नजिकै हेलमेट बिनाको दुर्घटनाग्रस्त रुपमा भे २ प ३३७८ नम्बरको मोटरसाइकल समेत रहेको सिंहले बताए । मृतकको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा पठाईएको उनले बताए । प्रारम्भिक अनुसन्धानमा दुर्घटना जस्तो देखिए पनि बिस्तृत जानकारी पोस्टमार्टम रिपोर्ट आएपछी मात्र थाहा हुने उनले जानकारी दिए ।

मृतक पासीका अफन्त बालकृष्ण पासीका अनुसार उनको आज तिलक रहेको र आउने फागुन ९ गते छिमेकमै बिहे हुने तय भएको थियो । आफन्त बालकृष्णका अनुसार उनी हिजो राती १० बजेसम्म आफ्नै घरमा रहेको र अरुको मोटरसाइकल पुर्‍याउन जान्छु भनेर राती घरबाट मोटरसाइकल लिएर हिडेका थिए । बिहानै स्थानीयले नालामा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । खबर पाउने बित्तिकै प्रहरी तुरुन्त घटनास्थल पुगेको थियो ।