जमुनाहा नाकाबाट लागूऔषध सहित २ जना पक्राउ

नेपालगन्ज, नेपालगन्जको जमुनाहा नाकाबाट ठुलोमात्रामा लागुअौषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।शनिबार जमुनाहा नाकाबाट बाईकमा सवार एक जना हेल्मेटमा लुकाई ल्याउँदै गरेको र अर्को स्कुटीको टायर मुनि लुकाएर ल्याउँदै गरेको लागू औषध ब्राउन सुगरसहित दुबै जनालाई प्रहरी ले पक्राउ गरिएको हो ।

नेपाल र भारतको सिमाना नजिक जमुनाहा नाकाबाट भे ९ प ६५२९ को स्कुटरमा सवार कैलाली जिल्लाको टीकापुर नगरपालिका वडानम्बर १ ज्योतीनगर बस्ने २१ वर्षीय शिव राज पुरीलाई १८.५० मिलिग्राम अर्का एक जना २०० ग्राम हेल्मेटमा लुकाएर ल्याउदै गर्दा नम्वर नखुलेको आर टि आर बाईकमा सवार भारतको जिल्ला बहराईच थाना मोति नगरका २५ बर्षिय अब्दुल रसिद नामका चाँद बाबु लाई जमुनाहा प्रहरीले चेकजाँच गर्दा ब्राउन सुगर सहित फेला परेको प्रहरी ले जनाएको छ ।

जमुनाहाका प्रहरी प्रमुख माधव प्रसाद रिजालको टोलिले सुराकीको आधारमा चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरी निरीक्षक रिजालले बताए ।