यसकारण नेकपाको सचिवालय बैठक स्थगित

काठमाडाैँ, नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।  प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल बनेपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको हाे  ।

नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज विहान प्रम निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक बस्ने तय गरिएको थियो । ‘आजका लागि तय गरिएको बैठक स्थगित भएको बालुवाटार स्राेतले जनाएकाे छ । 

आजको बैठकको तयारी स्वरुप नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार विहान छलफल भएको थियो । स्वास्थ्य प्रतिकूल भएको जनाउँदै प्रधानमन्त्री ओली दरवारमार्गस्थित याक एण्ड यति होटलमा सरकारले आयोजना गरेको ‘सगरमाथा सम्बाद’ को राष्ट्रिय सम्मेलनमा पनि सहभागी भएनन् ।

नेपालले पहिलो पटक आयोजना गर्न लागेको ‘सगरमाथा सम्वाद’ सन्दर्भको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम प्रम ओलीले गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री अनुपस्थित भएपछि कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए ।