ढुंगामा अड्कीएको अवस्थामा भेटियो व्यवसायी शर्माको शवं

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयास्थित राप्ती नदीमा बेपत्ता भएका व्यवसायीको शवं फेला परेको छ । कोहलपुर १२ घर भई अगैयामा व्यवसाय गर्दै आएका ४२ वर्षिय शिव शर्मा शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए ।

आइतबार बिहान नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीले पौने १० बजे उनको शवं फेला पारेको हो । पिकनिक खान गएको क्षेत्रमा नै नदीभित्र ढुंगामा अड्कीएको अवस्थामा उनले शवं फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।

शवं पानीबाट निकालेर भेरी अस्पालमा नेपालगञ्जमा पोष्टमार्टमको लागि ल्याउने तयारी भइरहेके बताइएको छ । शनिबार नै साँझसम्म खोज्दा पनी उनको शवं फेला पार्न सकिएको थिएन ।