उपचार गर्न आएकी महिला बलात्कृत, आरोपमा सुरक्षागार्ड पक्राउ

काठमाडौं, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बिष्णुमतीस्थित हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रमा उपचारको लागि आएकी एक महिला बलात्कारको शिकार बनेकी छन् ।

ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले केन्द्रका सुरक्षागार्डलाई पक्राउ गरेको छ । उपचारका लागि आएकी ती महिलालाई जवरजस्ती करणी गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का २५ वर्षीय बिशाल भन्ने रमेशप्रसाद वाग्ले पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट गएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । वाग्लेलाई आवश्यक अनुसन्धान एवं कारबाहीको आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।