स्ववियु विद्यार्थी आन्दोलनको मेरुदण्ड हो

विद्यार्थी आन्दोलनको मेरुदण्ड र उत्तराधिकारी संस्था भनेको स्वतन्त्र विद्यार्थी युनियन नै हो । स्ववियु राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा विचार ओकल्ने योद्धाहरू जन्माउने उधोग हो । स्ववियु विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको पनि मूल अभियन्ता हो । तर पछिल्लो कालखण्डमा विभिन्न कारणले स्ववियु कमजोर बन्दै गएको छ ।

स्ववियु कमजोर हुंँदा विद्यार्थी आन्दोलन नै कमजोर भइरहेको छ । यसै सन्दर्भमा आगामी फागुन १४ गते स्ववियु निर्वाचनको तयारी गर्न त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसहरूलाई पत्राचार गरिसकेको छ । साथै हाम्रा सबै विश्वविद्यालयहरुले पनि स्ववियु निर्वाचनको कार्यतालिका सहित स्ववियु निर्वाचन को तयारी अगाडि बढाउँनु पर्छ ।

हामी विधार्थी संगठनहरुले विश्वविद्यालयहरुलाई बाध्य बनाएर सबै विद्यार्थी संगठनहरू यसमा होमिनुको अर्काे विकल्प छैन । हरहालतमा स्ववियुको अस्तित्व, गरिमा र औचित्य बचाउनुपर्छ । भन्ने हेतुले देशैभरिका क्याम्पसहरुमा हाम्रो संगठन अनेरास्ववियूले आफ्नो कलम तार अंकित लालझन्डा फराईरहेको छ ।

देशैभरीका ९०५ क्याम्पस जित्ने हाम्रो संगठनको घोषणा हो यसलाई हामी थप्ने नै छौ । नेविसंघको हालत भने स्ववियु निर्वाचन को तयारी छोडेर भ्रष्टाचारी, देश लुटुवा, देशका ठुला दलालहरुलाई बचाउन माईतिघर मण्डलामा स्याल हुटहुटी गरि रहेको छ, दुख लाग्छ विचारा अंकलहरुले नेविसंघको नेतृत्व गरेका छन हुनत अंकलहरुलाई विधार्थी आन्दोलनको चिन्ता कहाँ होर, प्रेफेसर र प्रध्यापकबाट रिटार हुने उमेर समुहका लाई विधार्थी आन्दोलनको जिम्मेवारी दिनुभनेकै स्ववियु निर्वाचनवाट नेविसंघ पछि हट्ने संकेत त भएकै हो ।

तर जिम्मेवारी लिएपछि केहित हुन्छ, भन्ने आस थियो । त्यो आस गच्छदार जस्ता देश लुटुवाको पक्षपाती हुदैछ । खबदार नेविसंघका अंकलहरु आज देशमा स्ववियु नहुँदा शैक्षिक दलालहरुको हालिमुहाली छ, हामीले भोगिरहेको मेडिकल माफियाको अत्यचार, ले गर्दा बिद्यार्थी साथीहरुमा नैराषेता पैदा भएको छ ।

मेडिकल माफियाको पन्जावाट गरिव जनताका छोराछोरी बचाउन स्ववियु निर्वाचनको आवश्यकता अनिवार्य छ, र विधार्थी आन्दोलनको गरिमा बचाउन र हाम्रो इतिहासलाई कम्जोर नबनाउन हामी सबैले नेविसंघको असोबनिय आन्दोलनको भन्डाफोर गरेर अघि बढ्नुपर्छ । र “नेविसंघलाई स्ववियु मा घिसार्नु पर्छ नत्र भने साथीहरू स्ववियु निर्वाचनमा भागलिने देखिदैन, भ्रष्टाचारको पक्षपोष्ण, दलालहरुको संरक्षण, लगाएका काममा अगिसरेको नेविसंघ आमुल परिवर्तन पक्षमा हैन आमूल भ्रष्टाचारी, दलाली, देशद्रोही पक्षमा देखिन्छ ।”

यसबाट पछि हटेर नेविसंघ स्ववियु निर्वाचनमा भागलिनु को विकलप छैन, यदि स्ववियु निर्वाचन गच्छदार वाहानामा भाढ्छ । भने नेविसंघ भ्रष्टाचार, दलालको मतियार भएको सावित हुनेछ ।

त्यसैले हाम्रो संगठन कुनैपनी हालतमा स्ववियु निर्वाचन गराउन लागि पर्नेछ, विधार्थी आन्दोलनको इतिहासलाई कमजोर हुन दिने छैन, हाम्रो आन्दोलन राष्ट्र, राष्ट्रियता, र स्वभिमानको पक्षमा हुनेछ, यस्तै राष्ट्रघाति अमेरिकी साम्राज्यवादी एजेन्डालाई खारेजीको लागि जुनसुकै मूल्य चुकाउन तयार हुनेछ, र “यहीँ फागुनमा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियू ९०५ क्याम्पसहरुमा कलम तारा अंकित झन्डा फराउने छ । राष्ट्र, राष्ट्रियता, स्वाभिमान को पक्षमा एक कदम अघि बढ्ने छ ।” बिद्यार्थी आन्दोलनको गरिमा आन्दोलनको एजेन्डा एक कदम अघिल्लो हुनेछ ।

आचार्य अनेरास्ववियूका केन्द्रिय सदस्य हुन ।