रञ्जु दर्शनासहित विवेकशीलका ११ नेता कार्यकर्ता पक्राउ

 काठमाडौं,बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले शनिबार नियन्त्रण्मा लिएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा प्रदर्शन गरेका उनीहरूलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो। ललिता निवासको जग्गा हत्याउन संलग्नलाई अख्तियारले मुद्दा लागउने/नलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै विवेकशीलले ‘भ्रष्ट्रचारीलाई रेड कार्ड’ अभियानअन्तर्गत विरोध गरेको हो।

विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति निकालेर प्रहरी नियन्त्रणमा रहेकाहरूलाई छाड्न माग गरेकी छन्। ‘प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता, सदस्यलाई प्रहरीले नियन्त्रण गरेकोमा तत्कालै रिहा गर्न माग गर्दछौं,’ उनले भनेकी छन्।

संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु प्रहरी नियन्त्रणमा रहेको राईले निकालेको विज्ञप्तिमा उल्लेख छ।