देउरालीला बसले जिपलाई ठक्कर दियो, एक जनाको मृत्यु ७ घाईते

कोहलपुर, बसले जिपलाई ठक्कर दिदा एकको मृत्यु ७ घाईते कोहलपुर-सुर्खेत सडक खण्ड अन्तर्गत देउराली नजिकै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।शुक्रबार बेलुकी कोहलपुरबाट बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जिपलाई विरीत दिशाबाट आउँदै गरेको चे१ख २७५९ नम्बरको बसले ठक्कर दिदा जिप चालक राज कुमार चौधरीको मृत्यु भएको हो ।

दुर्घटना लगत्तै उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याईएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरी बाँकेको बैजनाथ गाँउपालिका वडा नं. २ निवासी हुन । दुर्घटनामा जिपका सहचालक मनोज चौधरी गम्भीर घाईते भएका छन भने अन्य ६ जना सामान्य घाईते भएका छन ।

गम्भीर घाईते चौधरीको अवस्था नाजुक भएकले थप उपचारकालागि लखनउ रिफर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।