फूल बोकेर अख्तियार पुगेका साझा पार्टीका १३ नेता-कार्यकर्ता पक्राउ

काठमाडौं, बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउन ‘एक देश, दुई कानुन’ लागू गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीका संयोजक रबिन्द्र मिश्रका अनुसार प्रहरीले समीक्षा बाँस्कोटा, नारायण कोइराला, प्रकाशचन्द्र परियार, शरदराज पाठक, अब्दुस मियाँलगायतका नेताहरुलाई पक्राउ गरेको जानकारी दिएका छन् । आफ्ना पाँच केन्द्रीय सदस्यसहित १३ नेतालाई प्रहरीले पक्राउ गरेको साझा पार्टीले जनाएको छ ।

बालुवाटार प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलसहितलाई जोगाउने गरी मुद्दा चलाएको विरोधमा उत्रिएका साझाका १७ जना नेता कार्यककर्तालाई प्रहरीले पक्राउ गरेका हो। पक्राउ परेकालाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ।

पक्राउ पर्नेहरुमा साझाका केन्द्रीय सदस्यहरु समिक्षा बाँस्कोटा, नारायण कोइराला, प्रकाशचन्द्र परियार, शरदराज पाठक, अब्दुस मिया, सूर्यदीप रेग्मी, सुरज प्रधान, प्रदीप थापा र राेसन बस्नेतसहित छन्। साझाका नेता कार्यकर्ताले ‘एक देश दुई कानुन’ को विरोध गर्दै शुक्रबार मध्यान्ह अख्तियार प्रमुखलाई गुलाबको फूल दिने कार्यक्रम बनाएका थिए। साझाका नेता परियारका अनुसार अख्तियारले सुरु गरेको कदमको साझाले स्वागत गरेको छ। तर एउटा देशमा दुइटा कानुन चलाएको आपत्ति जनाउँदै प्रदर्शन गरिएको हो।