वडाध्यक्ष धामीको शव सदरमुकाम मँगलसेन ल्याईयो

अछाम, हत्या गरिएको अवस्थामा मृत भेटिएका अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शव सदरमुकाम मँगलसेन ल्याईएको छ ।नगरकार्यपालिकाको बैठकले विभिन्न निर्णय गरेपछि आफन्तहरुको सहमतीमा धामीको शव पोष्टमार्टमका लागी जिल्ला सदरमुकाम मँगलसेन ल्याईएको हो ।

नगरपालिका प्रमुख देवराज देवकोटाका अनुसार अनुसन्धान नटुंगिदासम्म वडा र नगरका सम्पूर्ण सरकारी काम काज बन्द गर्ने, बिनायक बजारमा धामीको सालिक स्थापना गर्ने,मृतकका ३ सन्तानलाई १२ कक्षा सम्म नगरपालिकाले अध्यापन गराउने निर्णय समेत गरेको छ ।

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए । प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ ।