यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २३ निर्णय

काठमाडौँ, सरकारले माघ २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २३ निर्णयहरु बिहीबार सार्वजनिक गरेका हुन् ।मन्त्रिपरिषद्ले रानाथारु समुदायलाई अलग्गै आदिवासी जनजातिका रुपमा सूचिकृत गरेको छ। बैठकले जलयात्रा,जलक्रिडा (वाटर इन्टरटेन्मेन्ट) तथा डुंगा सयर(बोटिङ)लाई औद्योगिक व्यवसाय ऐन २०७३ को अनुसूची ६ को पर्यटन उद्योगको सूचीमा थपेको छ।

यस्तै, संघ अन्तर्गत रहने गरी ३ सय शैय्यासम्मको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति दिइएको छ।

बैठकले नेपाल सहरी सडक मापदण्ड,नवप्रवर्तन सुरुवाती पुँजी अनुदान कार्यविधि,प्राइभेट फर्म रजिष्ट्रेशन(बाह्रौं संशोधन) नियमावली,२०७६ स्वीकृत गरेको छ।

यस्ता छन् माघ २० गतेको बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुः