बालुवाटार छानबिन प्रकरणमा अख्तियारको नियत खराब : भट्टराई

काठमाडौं, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटार स्थित ललिता निवास प्रकरण छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अख्तियारको छानबिन प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरूले निश्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क उनले गरे। जग्गा फिर्ता गर्छु भनेकाले मुद्धा नचलाईएको भन्ने सन्र्दभमा उनले ‘कसैले चोर्यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ ?’ भनी प्रश्‍न गरे। ‘अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपूर्ण छ। कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन्।

उनीहरू निश्पक्ष ढंगले अनुसन्धान गरी मुद्धा चलाउन पनि सक्दैनन्। हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानुभन्दा नि प्रक्रिया पुर्‍याउँदै गएर परिवबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले वद्मासी गरेको छ त्यसले प्रक्रिया पूरा गरेर उम्कनेु उनले भने, ‘यस्तो नियम कानुनको पनि समस्या छ। ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ। केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नुहुन्छ ?