खडकाद्धारा बिद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण

नेपालगन्ज, बाँकेको राप्ति सोनारी गाउँपालिका वडा न. ८ स्थित जनशक्ति आधारभुत माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई युवा नेता सेर बहादुर खडका ‘सुजल’ले खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।

उनले आफुले अध्यायन गरेको बिद्यालयलयका बिद्यार्थीहरुलाई खेलकुदका लागी आवस्यक पर्ने बल, ब्याटमिन्टन, र डोरी गरी १५ हजार बराबरको सामग्री हस्तान्तरण गरेका हुन ।

आफ्नो सानैदेखिको खेलाडी बन्ने चाहाना अधुरै रहेकोले आज आफुले मेहनत गरेको केही रकमले आफुजस्तै खेलकुदमा चाहाना भएका भाई-बहिनीहरुको खेल्ने रहर पुरा गर्न आफुले सानो सहयोग गरेको खडकाले बताए ।

साथै उनले पढाई संगै खेलकुद अति आवस्यक रहेको वताउदै शरिर स्वास्थ राख्न खेलकुदको ठुलो महत्त्व रहेकोले नियमित कसरतबाट भिभिन्न रोगहरुबाट बच्म सकिने बताए। आगामी दिनहरुमा पनि बिद्यालयलाई आफुले सकेजति सहयोग गर्ने उनले बताए ।