वडाध्यक्ष धामीको शव पोस्टमार्टमको लागी उठाउने सहमती

अछाम, हत्या गरेर फालेको अवस्थामा भेटिएका पन्चदेवल-विनायक नगरपालिका वडा-२ का वडाध्यक्ष पदम बहादुर धामीको सव उठाउने सहमति भएको छ । पिडित परिवारसंग नगरपालिका र सरोकारवालाहरुको सहमतिभए पश्चात पोस्टमार्टमको लागी सव उठाउने सहमती भएको हो ।बिहिवार नगरकार्यपालिकाको बैठकले घटनाको सत्यतथ्य छानविनमा सहयोग गर्ने, मृतकका सन्ततिको शिक्षादिक्षा तथा राहतका लागि केन्द्र सरकारसँग माग गर्ने लगायतका निर्णय पश्चात शव उठाउन लागिएको हो ।

साथै, अनुसन्धान नटुङ्गिदा सम्म वडा र नगरका सम्पूर्ण सरकारी कामकाज बन्द गर्ने, बिनायक बजारमा वडाध्यक्ष धामीको सालिक स्थापना गर्ने, मृतकका ३ सन्तानलाई १२ कक्षा सम्म नगरपालिकाले अध्यापन गराउने, केन्द्र सरकार सँग ५० लाख राहत माग गर्ने र नगरपालिकावाट १० लाख राहत दिने निर्णय भएको नगरपालिकाका मेयर देवराज देवकोटाले जानकारी दिए ।

धामीको मँगलवार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा शव फेला परेको थियो। हत्याको विरोधमा त्यसै दिनबाट विनायक बजार पूर्ण रुपमा बन्द रहेकको थियो । बुधबार दिनभर विनायकमा प्रर्दशन समेत गरीएको थियो । शव फेलापरेको ३ दिन भैसक्दासम्म पनि हत्यारा पत्ता नलागेको भन्दै आफन्तले घटनास्थलबाट शव उठाउन दिएका थिएनन् । 

प्रहरीले सीआईबी र तालिम प्राप्त कुकुरको माध्यमबाट अनुसन्धान सुरु गरेको छ। कुकुरले मृतक अध्यक्ष दिउँसो हिँडेकोबाट पहिचान गरेको स्थानियले बताएका छन्। तर उनको हत्या भएको स्थान भने कुकुरले पत्ता लगाउन सकेको छैन।