कलंकीमा टिपरको ठक्कर दियो, दुई जनाको मृत्यु

काठमाडौं, कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

टिपरले ठक्कर दिएपछि मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । तर उपचारको क्रममा उनीहरुको ज्यान गएको छ ।

बल्खुबाट स्वयम्भुतिर तर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको टिपरले राति साढे १२ ठक्कर दिएको थियो ।

ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीका अनुसार मोटरसाइकललाई ठक्कर दिने टिपरको खोजी भइरहेको छ । ठक्कर दिएर भागेको टिपरको नम्बर अध्योका कारण प्रस्ट नभएपनि नियन्त्रणमा लिएर छोड्ने कार्कीले बताए ।