लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि
प्रकासित मिति : २०७६ माघ २३, बिहीबार ०९:५७
प्रकासित समय : ०९:५७
काठमाडौं, पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ ।
पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि भएको हो । चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट आयात गर्दै आएका छन् । नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ ।