अब हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं, आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ ।नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, “आगामी पाँच वर्षमा उड्डयन क्षेत्रमा अतुलनीय फड्को मार्छौं, विमानस्थलमा ठूलो लगानी भएको छ । लागत उठाउने ढङ्गले सेवा पनि दिने र व्यवसाय पनि गर्नुपर्छ ।”

निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल पाँच वर्षमा सञ्चालनमा आउने चर्चा गर्दै उनले भने, “निजगढ विमानस्थल ‘गेम चेन्जर प्रोजेक्ट’ हो । ट्राफिक समस्या सम्पन्न नगरी मुक्ति पाइँदैन ।” ट्राफिक जाम भएर आकाशमै विमान होल्ड गर्नुपर्ने समस्या समाधानका लागि निजगढ विमानस्थलको विकल्प नभएको उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।