पञ्चदेवल-विनायकका वडाध्यक्ष धामी मृत्त भेटिए

हत्या गरिएको आशंका

काठमाडौं, अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन्।अछामको पन्चदेवल-विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन्।

वडा धामी सोमबार साँझ अबेर सम्म घर नआएपछि परिवारले खबर गरेका थिए । राति १० बजेतिर बजार बाट घर जान भनेर हिडिसकेको थापा पाएपछी परिवारले खोजी गरेका थिए ।

बिनायक नगरपालिका २ काँडागाउँस्थित घर जान भनेर हिडेका धामी अलि टाढा गैरगाउँको एक गाई गोठमा मृत अवस्थामा भेटिएका हुन । पारिवारिक स्रोतका अनुसार शरीरमा निल डाम रहेको र घर जान हिडेका धामीको मृत शरीर टाढा गोठमा भेटिएपछि हत्या गरेर लुकाएको प्रारम्भिक अनुसन्धान प्रहरीले गरेको छ ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाकारी दिएको छ। धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा वडाध्यक्षमा निर्वाचित भएका थिए।