फ्रेन्ड्ससँग एनआरटी पराजित

काठमाडौं ,शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई २-०ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा एनआरटी २–० गोल अन्तरले पराजित भएको हो। फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक एक गोल गरेका छन्। पहिलो हाफको खेल गोलरहित बराबरीमा रहेपनि फ्रेन्सले दोस्रो हाफमा दुई गोल गरी जित निकालेको हो।

खेलको ७८ औं मिनेटमा सन्जोगले १ गोल गरेपछि फ्रेन्सले अग्रता बनाएको थियो। त्यस्तै, ८१ औं मिनेटमा ब्राजिलियन खेलाडी कार्मोले अर्को गोल थप्दा फ्रेन्ड्सलाई २–०को अग्रता मिलेको थियो। खेलमा फ्रेन्ड्सका अशिम भुसाल म्यान अफ दि म्याच चुनिए। जितसँगै फ्रेन्ड्स १० खेलमा १४ अंक जोड्दै लिगको नवौं स्थानमा उक्लिएको छ।