मनोविज्ञान बदल्न संगीतले महत्वपुर्ण भूमिका खेल्छ – मन्त्री अर्याल

काठमाडौं,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सहि बाटोमा लैजानका निम्ति संगीतले ठूलो भूमिका खेल्ने बताएकी छिन् । कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति संग्रह ‘म हु सुन्दर नेपाल’को लोकार्पण गर्दै मन्त्री अर्यालले जे चिज प्राप्त गर्न पनि संघर्ष गर्नुपर्ने र हरेक क्षेत्रमा प्रतिस्पर्धा गरेर मात्र स्थापित हुन सकिने बताइन् ।

आफ्नो मेहनतले पहिचान बनाएका व्यक्तित्वलाई संरक्षण गर्न सकेमा राष्ट्रका निम्ति ठूलो सम्पत्ति हुने मन्त्री अर्यालको धारणा थियो । देशमा भएका ठूला परिवर्तनका निम्ति पनि संगीतको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले अब हरेक क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै लैजान जरुरी रहेको बताइन् । उनले देशभक्ति भावले ओतप्रोत गीतहरुले राष्ट्रप्रति एकजुट हुन भूमिका खेल्ने बताउँदै राष्ट्रप्रेमी गीत ेराष्ट्रप्रेमी गीत लेख्ने सर्जकलाई सम्मान गनुपर्ने बताइन् ।