मायाका हजार रंग
प्रकासित मिति : २०७६ माघ १९, आईतवार १७:३५
प्रकासित समय : १७:३५
मायाको हजार रंग हुन्छ
मायामा कतै घात हुन्छ, मायामै प्रतिघात हुन्छ
कतै स्वीकार हुन्छ, कतै तिरस्कार हुन्छ
हो यहाँ यस्तै हुन्छ
मायाको हजार रंग हुन्छ ।
कसैलाईआफ्नो बनाउने चाहमा
कोहि लुटिन्छन यसै
कसैको आफ्नो बन्ने आसामा
कोहि लुटाउछ्न यसै
मायाका हजार रंगहरुमा
मानिस बह्किन्छ यसै ।
कोहि ठग्छन सबै, कोहि ठगिन्छन सबै
मायामै जीवन दिन्छन कोहि,
कोहि लिन्छन जीवन मायामै
कतै रगतको रातो माया
कतै इन्द्रेणीको सप्तरंगी माया
मायामा लुट्छन कतै,
अनि मायामै लुटाउछन कतै
हो यस्तै हुन्छ यहाँ ।
मायाको हजार रंग हुन्छ
मायामै जीत हुन्छ ।
मायामै हार हुन्छ
हो यस्तै हुन्छ यहाँ
मायाकै हजार रंग हुन्छ ।